विदेश

इस्लामवाद । पाकिस्तानी सेनाले सुरक्षा निकायसँग भएको झडपका क्रममा दश चरमपन्थी मारिएको जनाएको छ । विभिन्न दुई घटनामा सो संख्याका चरमपन्थी मारिएको जनाइएको छ ।
पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको अपरेसनका क्रममा ६ चरमपन्थी मारिएका छन् । खुफिया एजेन्सीको सूचनाका आधारमा सो कारबाही गरिएको जनाइएको छ ।
दोस्रो घटना दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको हो । मोटरसाइकलमा आएका चार संदिग्ध व्यक्तिले क्वेटा सहरमा प्रहरीको वाहनमा गोली चलाएका थिए । ती चारै जना मारिएको जनाइएको छ । बीबीसी
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१ १५:३५
प्रतिक्रिया दिनुहोस्