site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इन्डोनेसियामा ज्वालामुखी प्रभावित १० हजार मानिसलाई स्थायी रूपमा सारिने

जकार्ता । इन्डोनेसियामा रुवाङ ज्वालामुखीको खतरामा रहेका स्थानीय सबै  मानिसलाई स्थायी रूपमै अन्यत्र सार्ने तयारी गरिएको छ । सो क्षेत्रमा शृंखलाबद्ध रूपमा ज्वालामुखी उठ्न थालेपछि सरकारले उक्त कदम चाल्न लागेको जनाइएको छ ।

करिब नौ हजार ८०० मानिस सो प्रायदीपमा बस्ने गरेका जनाइएको छ । उत्तरी सुलावेसी प्रान्तस्थित रुवाङमा हालैका हप्तामा ज्वालामुखी फुट्ने क्रम बढेको छ ।

Dabur Nepal
NIC Asia

अधिकारीहरूले यो साता ज्वालामुखी विस्फोटको उच्च खतरा औँल्याएका थिए । मानादोस्थित विमानस्थल पनि बन्द गरिएको छ । हिमालको केही भाग भत्किएमा सुनामी समेत आउन सक्ने चेतावनी दिइएको छ ।

सयौँ सामान्य र स्थायी घर बनाएर बोलाङ मोन्गोन्डो क्षेत्रमा प्रभावित मानिसलाई सार्न लागिएको मानव विकासमन्त्री मुहादजीर इफेन्डीले बताएका छन् । राष्ट्रपति जोको विडोडोले घरहरू विपद्को मापदण्डअनुसार बनाउन निर्देशन दिएका छन् । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro