
काठमाडौं । पेसाकर्मीहरूको सामाजिक सञ्जालका रूपमा रहेको लिङ्क्डइनले गेम सेक्सन थप्दै तीन नयाँ गेम सार्वजनिक गरेको छ ।
माइक्रोसफ्टको स्वामित्वमा रहेको कम्पनीले परीक्षण सकेसँगै लिङ्क्डइन गेम्स सार्वजनिक गरेको हो । तीन वटा पजल र लजिक खेल सहजरुपमा र निःशुल्क खेल्न सकिन्छ ।
लिङ्क्डइनका उपाध्यक्ष डेनियल रोथले एक ब्लग पोस्टमा यी खेललाई प्रयोगकर्तालाई केही विश्राम दिने बताएका छन् ।
प्लेटफर्मममा प्रयोगकर्तालाई टिकाइ राख्न पनि गेमले काम गर्ने कम्पनीको अपेक्षा देखिन्छ । आफ्नो प्लेटर्फममा गेम राख्ने यो पछिल्लो कम्पनी हो ।
पिनप्वाइन्ट, क्रसक्लाइम्ब र क्विैन्स गरी अहिले लिङ्क्डइनमा तीन गेम उपलब्ध छन् । लिङ्क्डइनमा उपलब्ध गेमहरू यहाँ क्लिक गरेर वेबबाट गेम खेल्न सकिन्छ ।