site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मतीसहित ६ वटा प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरी चल्ने सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा हावाहुरीको सम्भावना रहेको हो । 

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने बताएको छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

हावाहुरीको सम्भावना रहेका क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro