राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन मिसन ०८४ पर्खिरहेको बताएका छन् ।
बुधबार इलाममा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले भने, “यो देश बनाउन मिसन ०८४ भनेका छौँ । निर्णायक शक्ति बनाउन, समीकरण सधैँ गठबन्धनबाट चल्दैन । एमाले निर्णायक तहमा पुगेपछि देश बन्छ ।”
ओलीले कांग्रेसका उमेदवार डम्बर खड्काप्रसित इंगित गर्दै ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउन सक्छ भन्दै प्रश्न गरे । “मदन भण्डारीको ठेकेदार को हो तपाईंलाई थाहा होला, ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ ? पैसा लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ ?, ” ओलीले प्रश्न गरे ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१ १६:५५
प्रतिक्रिया दिनुहोस्