site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–६, हात्तीबोझाका ४६ वर्षीय मण्डी बडायकको नास्ता पसलछेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बडायकसहित आठजनालाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद ११ हजार ५१० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कैलालीबाट पाँचजना पक्राउ
कैलालीमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१, धनगढी रोडस्थित सोही ठाउँका ४२ वर्षीय करन चन्दको होटेल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

चन्दसहित पाँचजनालाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद एक लाख ५५ हजार २०० रुपैयाँ र पाँच बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !