site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मियामीको जितमा मेसीको दुई गोल 

काठमाडौं । कप्तान लियोनल मेसीको दुई गोलप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा नास्भिलविरुद्ध ३–१ को जित निकालेको छ ।

आइतबार बिहान घरेलु मैदान चेज रंगशालामा मियामीलाई जित दिलाउन मेसीले दुई र अर्को एक गोल सर्जियो बुस्केटले गरे । नास्भिलले मियामीका फ्रान्को नेग्रीबाट आत्मघाती गोल उपहार पाएको थियो ।

Dabur Nepal
NIC Asia

खेलको दोस्रो मिनेटमा नै नेग्रीको आत्मघाती गोलमा नास्भिलले अग्रता बनाएको थियो । तर, ११औँ मिनेटमा मेसीले गोल गर्दै घरेलु टिमलाई बराबरीमा ल्याए । ३९औँ मिनेटमा बुस्केटले गोल गरेपछि मियामीले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

खेलको निर्धारित समय सकिन नौ मिनेटअघि प्राप्त पेनाल्टीलाई मेसीले नै सदुपयोग गरेपछि मियामीले ३–१ को जित पक्का गरेको हो ।

जितसँगै १० खेलबाट १८ अंक जोडेको मियामी इस्टर्न कन्फेरेन्सको शीर्ष स्थानमा छ । आठ खेलबाट सात अंकको नास्भिल तालिकाको १४औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro