site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित : भीम रावल

काठमाडौं । पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानको कार्यान्वयनका निम्ति आवश्यक कानुन बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका हुन् ।

कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्दा समेत नेपालको संविधानमा उल्लिखित समाजवादउन्मुख प्रणालीको रूपरेखा ल्याउन नसकेको उनले टिप्पणी गरे ।

संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरिए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन कानुन बनाउन नसकेको उनले बताए । अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिस्टविरोधीसँग साँठगाँठ गर्दैनन् भनेर परिकल्पना गर्ने स्थिति नरहेको उनको भनाइ थियो ।

देश र जनताको गम्भीर समस्याका बारेमा परामर्श नगर्ने तर प्रतिक्रियावादी भनिएकासँग राज्यबाट लाभ र सुविधा भागबन्डा गर्न सक्रिय रहेर अवसरवादी क्रियाकलाप देखिएको उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro