site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लन्डन म्याराथन दौड प्रतियोगितामा नेपालका धावक दीक्षित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व चर्चित ‘लन्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् ।

दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने उक्त म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट भएका हुन् । विश्वको खेलकुद इतिहासमा ‘लन्डन म्याराथन दौड प्रतियोगिता’मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लामो दूरीको दौडतर्फ विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लन्डनमा हुँदै छ । प्रतियोगितामा भाग लिन विश्वका ५० हजारभन्दा बढी युवा खेलाडी लन्डन पुगिसकेका नेपाली धावकका हजुरबुवा डा. सुन्दरमणि दीक्षितले जानकारी दिए ।  

बच्चैदेखि शारीरिक व्यायम र दौडमा रुचि राख्ने कुशलले भारतको नयाँ दिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालयको साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा थुप्रै पुरस्कार तथा पदक जितेका डा. दीक्षितले जानकारी दिए ।     

Global Ime bank

संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक कुशल म्याराथन प्रतियोगितामा भाग लिने सिलसिलामा अहिले लन्डन पुगेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement