राजनीति
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
प्रदेशसभाका प्रवक्ता तेजप्रकाश जोशीले शनिबार साँझ ५ः३० बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।
बैठक आज साँझ ५ बजेका लागि आह्वान भएको थियो । तर, मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था भएपछि बैठक स्थगित भएको हो । नेकपा (एमाले)ले छलफल नै नगरी बैठक राखिएको भन्दै मत नदिने अडान राखेपछि बैठक स्थगित भएको नेताहरू बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्