site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय कांग्रेस भन्छ– मोदी तेस्रोपटक प्रधानमन्त्री हुन सक्दैनन्

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री हुन नसक्ने बताएका छन् । उनले अब जनताले परिवर्तन चाहेको समेत बताए ।

उनले भारतीय जनता पार्टी (भाजपा)का नेताले अहिले पनि संविधान परिवर्तन गर्ने कुरा गरिरहेको जनाउँदै भने, “के कांग्रेसलाई अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठामा भाग लिँदा फाइदा हुन्थ्यो ? मन्दिरप्रति आस्था छ भने जुन दिन पनि जान सकिन्छ । मोदी पुजारी होइनन् । उनले किन पूजाको नेतृत्व गर्नुपर्थ्यो ।”

उनले भाजपाले राष्ट्रपति द्रौपदी मुर्मू र पूर्वराष्ट्रपति रामनाथ कोविंदको अपमान गरेको आरोप समेत लगाए । उनीहरू दुवैजना आदिवासी जनजाति भएका कारण अपमान गरिएको उनको भनाइ थियो । 

इन्डियन एक्सप्रेसको रिपोर्टमा जनाइएअनुसार खड्गेले मुर्मूलाई राम मन्दिरको प्राणप्रतिष्ठा र संसद्को उद्घाटन गर्न नदिएर अपमान गरिएको र पूर्वराष्ट्रपति कोविदलाई संसद्को शिलान्यास गर्न नदिइएर अपमान गरिएको आरोप लगाएका छन् । बीबीसी

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro