site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रत्येक दिन १९ सय ४० नेपाली रोजगारीका लागि देश छोड्न बाध्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्ष २०८० मा प्रत्येक दिन औसतमा १ हजार ९४० जनाभन्दा बढी नेपाली रोजगारी खोज्दै विदेशिएको पाइएको छ । वैदेशिक रोजगारीमा जानेहरू अधिकांशको रोजाई खाडी राष्ट्र, मलेसिया, दक्षिण कोरिया र जापान हुने गरेको छ । सानो संख्यामा मात्र नेपाली रोजगारीका लागि युरोप तथा अमेरिका पुग्ने गरेको तथ्यांक छ ।  

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, २०८० वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको एक वर्षको अवधिमा ७ लाख ८ हजार २४६ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

प्रत्येक महिना औसतमा ५९ हजार २० जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाउँछ । प्रत्येक दिन औसतमा १ हजार ९४०.४ नेपालीले रोजगारीका लागि देशबाट बाहिरिने गरेको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ३० हजार ६४२ जना पुरुष छन् । वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा महिलाको संख्या न्यून छ । 

गत वर्ष ७७ हजार ६०४ जना महिला श्रम स्वीकृति लिएर वैदैशिक रोजगारीमा गएको विभागले जनाएको छ । यो तथ्यांकले वैदेशिक रोजगारीमा जानेमा पुरुषको संख्या ८९.५ प्रतिशत र महिलाको संख्या १०.९५ प्रतिशत देखाउँछ ।

Global Ime bank

गएको वर्ष सबैभन्दा बढी नेपाली चैत महिनामा वैदेशिक रोजगारीमा गएको देखिन्छ । विभागका अनुसार, २०८० चैत महिनामा ६ हजार ६९२ महिला र ६४ हजार २४१ जना पुरुष गरी कुल ७० हजार ९३३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
 
वर्ष २०८० मा वैदेशिक रोजगारीमा सबैभन्दा कम नेपाली कात्तिक महिनामा गएको देखिन्छ । गत कात्तिक महिनामा ५ हजार ३०० महिला र ३८ हजार ३२२ पुरुष गरी कुल ४३ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाउँछ ।

गएको वर्ष सबैभन्दा ठूलो संख्यामा पुरुष चैत र सबैभन्दा ठूलो संख्यामा महिला साउन महिनामा वैदेशिक रोजगारीमा गएको विभागको विवरणमा उल्लेख छ । चैतमा ६४ हजार २४१ जना पुरुष र साउनमा ७ हजार ७२५ जना महिला वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, २०८० वैशाखमा ५४ हजार ४५७, जेठमा ५९ हजार ४२२, असारमा ५५ हजार २९९, साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४ र असोजमा ५६ हजार २३५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८ र चैतमा ७० हजार ९३३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

वर्षका १२ महिनामध्ये एक महिनामा मात्र ५० हजारभन्दा सानो संख्यामा नेपाली रोजगारी खोज्दै विदेशिएका छन् । बाँकी ११ महिनामध्ये प्रत्येकमा ५० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

मंसिरदेखि चैतसम्मको पाँच महिनामा हरेक महिना वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६० हजारभन्दा माथि छ । चैत महिनामा यो संख्या ७० हजार नाघेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या ८.३० प्रतिशतले घट्यो
वैदेशिक रोजगार विभागको तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्यामा ८.३० प्रतिशतले गिरावट आएको देखाएको छ । अघिल्लो वर्ष अर्थात् २०७९ सालमा ७ लाख ७२ हजार ३५९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । २०७९ को तुलनामा वर्ष २०८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ८.३० प्रतिशतले घटेको छ ।

२०८० सलामा भन्दा २०७९ मा ६४ हजार ११३ जना बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । 

२०७९ मा वैदेशिक रोजगारीमा जानेमध्ये ७ लाख २ हजार ६९४ पुरुष र ६९ हजार ६६५ जना महिला थिए । अर्थात् वैदेशिक रोजगारीमा जानेमध्ये ९०.९९ प्रतिशत पुरुष र ९.०१ प्रतिशत महिला थिए ।

विभागको तथ्यांकअनुसार २०७९ सालमा प्रत्येक महिना औसतमा ६४ हजार ३६३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । सोही वर्ष प्रत्येक दिन औसतमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २ हजार ११६ जनाभन्दा बढी थियो ।

२०८० सालमा जुन महिना सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए, २०७९ सालको त्यही महिना सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ । २०७९ कात्तिकमा ७८ हजार ३७० जना नेपाली रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका थिए ।

२०७९ मा वैशाखमा मात्र ५० हजारभन्दा सानो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका थिए । बाँकी ११ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६० हजारभन्दा माथि थियो ।
 
विभागको तथ्यांकअनुसार २०७९ वैशाखमा ४५ हजार ४, जेठमा ६२ हजार ३४९, असारमा ६२ हजार ८५३, साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३ र असोजमा ६२ हजार ७०६ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

२०७९ को कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४, फागुनमा ६१ हजार ८४५ र चैतमा ६१ हजार ४७८ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । 

विभागको तथ्यांकले पछिल्लो दुई वर्ष (२०७९ र २०८० साल) मा मात्र करिब १५ लाख नेपाली वैदेशिक रोजगारीमा गएको देखाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC