site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
दीपकराज गिरी भन्छन्– अनमोल केसी फर्किए...
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार दीपकराज गिरी नायक अनमोल केसी अभिनयमा पुनः फर्किएको बताउँछन् । अनमोल मुख्य भूमिकामा रहेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर रिलिज भएपछि दीपक भन्छन्, ‘अनमोल फर्किएका छन्, फर्की फर्कीमा । रिच लाग्यो ट्रेलर ।’ 

गत वर्षको फागुन १९ गते दीपकको टिमको सिनेमा ‘छक्का पञ्जा–४’ र अनमोल मुख्य भूमिकामा रहेको ‘छड्के–२’ एकै दिन रिलिज भएका थिए । त्यसयता अनमोलका सिनेमा आएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर सेयर गर्दै दीपकराज अगाडि लेख्छन्, ‘जेठ १० मा भिडन्त होइन राम्रा फिल्महरू हेर्न पाइने दिन भनेर बुझौँ अब ।’ 

रोहित अधिकारी निर्माता रहेको चलचित्र ‘फर्की फर्की’ सुयोग गुरुङले निर्देशन गरेका छन् । सिनेमाका लेखक पनि सुयोग स्वयं हुन् । 

Global Ime bank

जेठ १० मा ‘फर्की फर्की’सँगै पूजा शर्मा मुख्य भूमिकामा रहेको ‘दानवी’ र प्रदीप खड्का, आर्यन सिक्देल र पल शाह मुख्य भूमिकामा रहेको सिनेमा ‘पुजार सार्की’ रिलिज हुँदैछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC