site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फर्की फर्की’को ट्रेलरमा अनमोल भन्दैछन्– म भगवानजस्तो होइन भगवान हुँ 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ । 

ट्रेलरमा विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, रोमान्स र बदला देखाइएको छ । एक्सन दृश्यसमेत समावेश ट्रेलरमा अनमोल आफूलाई भगवान भएको बताउँदै हिँडेको देखिन्छ । 

सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा रोहित अधिकारी र ओमप्रकाश अग्रवालको लगानी छ । चलचित्रमा अनमोलसँगै सलोन बस्नेत, जसिता गुरुङ, रवी काफ्ले, सम्वृद्धि अर्याललगायत मुख्य भूमिकामा छन् । 

चलचित्र जेठ १० गते रिलिज हुनेछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro