site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खाडीमा बाढी, सडकदेखि विमानस्थल डुबानमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा आएको बाढीले त्यहाँका प्रमुख राजमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल पानीले भरिएका छन् । भीषण आँधीबेहरीपछि त्यहाँ डेढ वर्षभन्दा बढी अवधिमा हुने वर्षा केही घण्टामै भएको छ । 

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार त्यहाँ सोमबार अपराह्नपछि २० मिलिमिटर वर्षा भएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार करिब ९ बजे आँधी तीव्र भएर दिनभर जारी रहेको बताइएको छ । त्यसपछि थप वर्षा र असिना परेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबारको अन्त्यसम्ममा दुबईमा १४२ मिलिमिटर वर्षा भएको थियो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलको मौसमसम्बन्धी तथ्यांकअनुसार त्यहाँ औसतमा वार्षिक ९४.७ मिलिमिटर वर्षा हुने गर्छ । विमान अवतरण एवं ट्याक्सीमार्गमा पानी भरिएको थियो । बाढीकै कारण मंगलबार राति विमानस्थलमा आवतजावतमा रोक नै लगाएको थियो । 

बाढीले सडकहरू भरिएर यात्रुहरूलाई टर्मिनलसम्म पुग्न समेत कठिनाइ भएको छ । बाढीका कारण विमानका चालक दलका सदस्यहरू पुग्न नसक्दा उडान प्रभावित भएको विमानस्थलले बुधबार बिहान बताएको छ । इमिरेट्सले दुबई विमानस्थलबाट बुधबार बिहान ८ बजेदेखि रातिसम्मका लागि यात्रुको चेकइन नै रोकेको छ । 

Global Ime bank

सामाजिक सञ्जाल एक्समा विमानस्थलले सबै स्थिति सामान्य हुन समय लाग्ने बताएको छ । यूएईभरिका विद्यालय बन्द भएका छन् भने सरकारी कर्मचारी र अन्यले आफू भएकै ठाउँबाट काम गरिरहेका छन् । सामान्यतयाः तातो र सुक्खा मौसम रहने खाडी क्षेत्रमा पछिल्ला वर्षहरूमा भारी वर्षाको क्रम सुरु भएको छ । 

यूएईको छिमेकी ओमानमा अधिकारीहरूले बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र केही अझै बेपत्ता भएको बताएका छन् । बहराइनमा समेत कारहरू बाढीमा फसेको फोटो एवं भिडियोहरू समाजिक सञ्जालमा राखिएका छन् ।

विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मध्येको एक यूएईले गत वर्ष जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ को आयोजना गरेको थियो । वैज्ञानिकहरूले यस किसिमको असामान्य मौसमलाई जलवायु परिवर्तनसँग जोडेका छन् । जलवायु परिवर्तन रोक्न नसके पृथ्वीको तापक्रम बढ्दै जाँदा भविष्यमा यस्ता र अझै डरलाग्दा घटना सामान्य हुने उनीहरूको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC