site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कोलम्बिया सेनाको हेलिकाेप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकाेप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको कोलम्बियाको राष्ट्रिय सेनाले जनाएको छ ।

हेलिकाेप्टरको दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त भएको भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।
    
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा यस दुःखद घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लानविरुद्ध कारबाही गरिरहेको बताए । गल्फ क्लानलाई कोलम्बियामा लागूऔषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ । रासस\सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro