site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा चुनावी मुद्दा बनेको धर्म ! कस्तो छ अल्पसंख्यकको हालखबर ?
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । ६ वर्षअघि उत्तरी भारतीय सहर आग्राको एक विद्यालयबाट रातो अनुहार बनाएर एक मुस्लिम बालक घर आए । ‘मेरो कक्षाको साथीले मलाई पाकिस्तानी आतंककारी भन्यो,’ नौ वर्षीय ती बालकले आफ्नी आमालाई सुनाए ।

लेखक तथा काउन्सिलर रीमा अहमद त्यो दिन सम्झँदै भन्छिन्, “त्यहाँ एउटा त्यस्तो विशेष बच्चा थियो, जो आफ्नो हातको औँलालाई हत्केलामा कसेर मुठी बनाएर बसेको थियो । उसको हत्केलामा नङको चोट थियो । ऊ निकै रिसाएको थियो ।”

ती बालकका साथीहरू त्यति बेला जिस्कँदै ‘फाइट’ गरिरहेका थिए । शिक्षकले कुनै मतलब नै गरेका थिएनन् । बालबालिकाको एउटा समूहले  त ‘यो पाकिस्तानी आतंककारी हो, यसलाई मार’ समेत भनेको थियो । ती बालकका कतिपय साथीले उनलाई ‘नालीको किरा’ भने । अहमदले भनिन्, “यसबारेमा विद्यालयमा सोध्दा उनलाई (आमा) भनियो– घटना हामी सम्झिरहेका छौँ । त्यस्तो भएको थिएन ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यो घटनापछि उनले आफ्नो छोरालाई विद्यालयबाट बाहिर निकालिन् ।  बालक अहिले १६ वर्षको भयो, ऊ घरमै पढ्छ ।

“मैले मेरो छोराको महसुस गराइलाई समुदायको झड्काका रूपमा महसुस गरेँ । त्यस्तो मैले आफू हुर्कंदा पनि महसुस गर्नुपरेको थिएन,” उनले भनिन् ।

Global Ime bank

“मुस्लिमको महसुस गराइमा त्यति बेला हामीलाई प्राथमिकतामा राखेर संरक्षण गरिएको भन्ने लाग्थ्यो । अहिले कक्षाको अवस्था हेर्दा देखिने गरी लक्षित गरेको पाइएको छ,” उनले थपिन् ।

नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी जब २०१४ मा शक्तिमा आयो, त्यसपछि भारतका २०० मिलियन मुस्लिमका निम्ति अप्ठ्यारो अवस्था सुरु भएको उनीहरूको भोगाइ छ ।

उनीहरूका अनुसार, हिन्दु ‘भिजिलान्ते’ले गाईको व्यापारी भन्दै मुस्लिम व्यापारीलाई लक्षित गर्ने कार्य गरिरहे । मस्जिदका विरुद्धमा अदालतमा रिट दर्ता गर्न थालियो । मुस्लिम महिलाका विरुद्धमा इन्टरनेटमा ‘ट्रोल’ गरियो ।

दक्षिणपन्थी समूह र मूलधारका मिडियाले जिहादको नाम दिएर इस्लामोफोबिया फैलाउन खोजियो । उनीहरूले हिन्दु महिलालाई मुस्लिमले विवाह गरेर मुस्लिममा बदलेको समेत भने । मुस्लिमविरुद्ध ‘हेट स्पिच’ अघि बढाइयो । यस्ता धेरैजसो घटना मुस्लिमले शासन गरेका राज्यमा भएको पाइएको छ ।

“मुस्लिम दोस्रो दर्जाका नागरिक भए । उनीहरूलाई आफ्नै देशमा अदृश्य अल्पसंख्यक बनाइएको छ,” जिया उस सलाम लेखक रहेको नयाँ पुस्तक ‘बिइङ मुस्लिम इन हिन्दु इन्डिया’मा भनिएको छ ।

तर, भाजपा र मोदीले भारतमा अल्पसंख्यकलाई दुर्व्यवहार गरिएको विषयलाई अस्वीकार गर्दै आएका छन् । “यो अक्सर केही मानिसबाट आउने थेगो हो, जो बाहिरका मानिसको सम्पर्कमा आउन चाहँदैनन् । भारतका अल्पसंख्यकले पनि अब यो खालको भनाइलाई खरिद गर्न चाहँदैनन्,” मोदीले न्युजविक म्यागेजिनसँगको कुराकानीमा बताएका छन् ।

अहमद जसको परिवार दशकौँदेखि आग्रामा बस्दै आएको छ, अहिले धेरै हिन्दु साथी घरमा आएकामा उनीहरूको संख्या गन्छिन् । परिवर्तन महसुस भएको छ ।

२००९ मा जब अहमदले स्कुल छोडेकी थिइन्, ह्वाट्सएप समूहमा दुईमध्येकी उनी एक मुस्लिम थिइन् । त्यति बेला ‘मिलिट्यान्टस’को विरुद्धमा मुस्लिम बहुसंख्यक पाकिस्तानमा भारतले ‘एयर स्ट्राइक’ गरेको थियो । त्यहाँ एउटा मेसेज आएपछि उनले फलो गरिन् ।

‘यदि, उनीहरूले हामीलाई मिसाइल हाने भने हामी उनीहरूको घरमा छिर्छौँ र उनीहरूलाई मार्नेछौँ,’ ग्रुप मेसेजमा उल्लेख थियो । त्यो प्रधानमन्त्री मोदीको भनाइ थियो । आतंककारीलाई शत्रुको घरमा पसेर मार्ने भनिएको थियो ।

“मैले मेरो शान्ति गुमाएँ । मैले साथीहरूलाई भनेँ– तिमीहरूलाई के गल्ती भयो ? के तिमीहरू नागरिक र बालबालिकालाई मारेको अवस्थामा माफी गर्छौ ?,” उनले भनिन् ।

यस्तो मेसेज पठाउँदा उनले आफूले शान्तिको वकालत गरेको ठानेकी थिइन् । त्यसको प्रतिक्रिया तीव्र गतिमा आयो । तत्कालै कसैले भन्यो– के तिमी पाकिस्तानी हौ, मुस्लिम भएको भन्दैमा ?

“उनीहरूले मलाई अराष्ट्रिय भएको आरोप लगाए । उनीहरूले तत्कालै अहिंसालाई अराष्ट्रियका रूपमा व्याख्या गरे । मैले उनीहरूलाई आफ्नो देशको समर्थन गर्नका लागि आफू हिंस्रक हुन नचाहेको बताएँ । मैले त्यो समूह नै छोडेँ,” उनले भनिन् ।

वातावरण परिवर्तन भएको अर्को हिसाबले पनि महसुस गर्नुप¥यो । लामो समयसम्म अहमद आफ्नो घर छोराका निम्ति जुनसुकै धर्म वा लिंगका भए पनि बालबालिका आइरहने स्थान ठान्थिन् । तर, अहिले यो क्रम रोकिएको छ ।

“मैले र मेरो पिताले छोरालाई भन्यौँ– वातावरण त्यति राम्रो छैन, तिमीले तिम्रो मित्रतालाई सीमित गर्नुपर्छ । होसियार होऊ । ढिलोसम्म बाहिर नबस । तिमीले कुरा बुझदैनौ । अवस्था ‘लभ जिहाद’मा कुनै पनि समय परिवर्तन हुनसक्छ ।”

वातावारणसम्बन्धी ‘एक्टिभिस्ट’ इरुम – जो आग्राको पाँचौँ पुस्ताका व्यक्ति हुन्, उनले पनि सहरका बालबालिकाबीचको संवाद परिवर्तन भएको महसुस गरेकी छन् । उनी स्थानीय एउटा विद्यालयमा काम गर्छिन् ।

‘मसँग कुरा नगर, मेरो आमाले त्यसो भन्नुभएको छ,’ एक बालकले मुस्लिम बालकलाई भनेको उनले सुनिन् ।

“मैले वास्तवमै सोचिरहेको छु, यो गहिरो मुस्लिम फोबिया हो । यो यसरी अघि बढिरहेको छ कि त्यसको क्षतिपूर्ति सजिलै हुँदैन,” इरुमको भनाइ छ ।

उनी आफ्नै निम्ति भने असुरक्षित ठान्दिनन् । किनकि, उनका थुप्रै हिन्दु साथी छन् ।

आग्राको ‘स्ट्रिट’मा एउटा सानो कार्यालय रहेका स्थानीय एक पत्रकारका अनुसार, त्यहाँ मुस्लिमलाई हिन्दु दक्षिणपन्थी समूहका एक सदस्यले खसीको मासु ल्याउन दिएनन् । उनले मुस्लिमलाई प्रहरीसमक्ष लगे र जेल नै पठाइयो । उनीसँग मासु बोक्ने लाइसेन्स थियो । तर पनि प्रहरीले उनलाई पक्राउ ग¥यो । उनलाई पछि छोडिएको थियो ।

धेरै समुदायमा महसुस भएको विषय हो कि अहिले रेलमा यात्रा गर्ने मुस्लिमको शैली परिवर्तन भएको छ । कतिपय अवस्थामा मुस्लिमले गाईको मासु बोकेको आरोेपमा कुटपिट सहनुपरेको छ ।

“अहिले हामी होसियार भएका छौँ । ननभेजिटरियन खानेकुरा पनि सार्वजनिक यात्रामा बोक्दैनौँ । धान्न सकिन्छ भने अहिले हामीले सार्वजनिक यातायात चढ्न पनि छोडेका छौँ,” अहमद भन्छिन् ।

कलिम अहमद कुरेसी सफ्टवेयर इन्जिनियर हुन् । तर, अहिले गहनाको डिजाइन गर्न थालेका छन् । उनी म्युजिसियन पनि हुन् । सात पुस्तादेखि आग्रामा बस्दै आएका छन् । उनी सहरको पुरातात्त्विक क्षेत्रमा पैदल नै हिँड्छन् ।

अफगानिस्तानमा बजाइने रुबाब नामक बाजा लिएर उनी दिल्लीबाट आग्रा जाँदा अर्का हिन्दु यात्रु पनि चढेको ट्याक्सी सेयर गरे । “जब उनले मसँग भएको बाजा देखे, बन्दुक ठानेर यो खोल भन्न थाले,” यो सबै आफ्नो  नामका कारण उनलाई लागेको हुन सक्ने कुरेसीको भनाइ छ ।

“अहिले यो खालको अवस्था छ । जब म अहिले यात्रा गर्छु, यसबारेमा धेरै होसियार हुनुपर्छ । म कहाँ गइरहेको छु ? मैले के भनेँ ? म के गर्छु ? म रेलमा टिकट चेक गर्ने मान्छेलाई आफ्नो नाम भन्न पनि अप्ठ्यारो महसुस गर्छु,” उनले भने ।

कुरेसी यसको जरो कारणका बारेमा भन्छन्, “राजनीतिले समुदायहरूबीचको सम्बन्धमा विष हाल्ने काम गरिरहेको छ ।”

“मुस्लिमसँग चिन्तित हुनुपर्ने कारण छैन,” भाजपाका राष्ट्रिय प्रवक्ता सइद जाफर इस्लाम भन्छन् ।

दिल्लीमा हालै भएको कुराकानीका क्रममा उनले इस्लामोफोबिया सिर्जना हुनुमा गैरजिम्मेवार मिडिया हाउसलाई दोष लगाए । “कतै सानो घटना हुन्छ, अनि कहिल्यै नभएको जस्तो गरेर मिडियाले प्रचार गर्छ । १.४ बिलियन जनता भएको देशमा केही यस्ता घटना विभिन्न समुदायबीच वा एउटै समुदायभित्रै पनि हुन सक्छन्,” भाजपाका प्रवक्ता भन्छन्, “तपाईंले एक वा दुई कुरालाई लिएर सामान्यीकरण गर्न सक्नु हुन्न । यदि, कसैले मुस्लिमलाई लक्षित गरिरहेको छ भने उसले गलत गरिरहेको छ ।”

उनलाई सोधियो– यदि, तपाईंको बच्चा विद्यालयबाट आउँदा कसैले पाकिस्तानी आतंककारी भन्यो भने के गर्नुहुन्छ ?

“अरू बाबुआमाजस्तै मलाई पनि खराब लाग्नेछ । यो विद्यालयको जिम्मेवारी हो कि यस्ता कुरा त्यहाँ नहून् । आमाबाबुु यस्तो नहोस् भन्ने कुरामा सचेत हुनुपर्छ,” उनले भने ।

भाजपाले हिन्दुराष्ट्र स्थापना गर्ने भनेको विषयलाई कसरी लिनुहुन्छ, जबकि यहाँ ७९ प्रतिशत हिन्दु छन् भन्ने प्रश्नमा उनले भने, “मानिसले यस्ता कुरा दोहोर्‍याइरहेका छन्, हाम्रो सरकार वा पार्टीले यस्तो कुरा गरेको छ र ? यस्ता कुरा गर्ने मानिसको बारेमा मिडियाले किन चर्चा गर्छन् ? यस्ता मानिसलाई मिडियाले स्थान दिएको देखेर हामीमा निराशा उत्पन्न हुन्छ ।”

अनि, के कारणले गर्दा मुस्लिम प्रतिनिधित्व पार्टीमा कम छ ? भाजपाका मुस्लिम मन्त्री छैनन् । सांसद पनि दुवै सदनमा छैनन् । मेम्बर अफ लोकल एसेम्बली (एमएलए)मा जम्मा एक सदस्य छन्, जबकि देशव्यापी रूपमा एक हजार स्थान छन् भन्ने जिज्ञासामा भाजपाका पूर्वसांसद समेत रहेका इस्लाम ‘आफू नियतवश बनेको होइन’ मात्र भन्छन् ।

उनका अनुसार, मुस्लिम कंग्रेसबाट प्रयोग भएका छन् । अरू विपक्षी दलले भाजपालाई हराउन तिनको प्रयोग गर्ने गरेका छन् । मुस्लिमलाई कुनै पार्टीले टिकट दिए मुस्लिमले नै मत हाल्दैनन्, यस्तो बेलामा कसले उनीहरूलाई टिकट दिन्छ ? उनको प्रश्न थियो ।

यो सत्य हो कि केवल ८ प्रतिशत भारतीय मुस्लिमले २०१९ को निर्वाचनमा भाजपालाई मत हालेका थिए । मोदीको पार्टीलाई ‘ब्लक’ गर्ने गरी मतदान गर्ने क्रम बढ्दै गएको छ । बिहारको राज्य चुनावमा २०२० मा ७७ प्रतिशतले भाजपाविरोधी गठबन्धनलाई मत हालेका थिए । २०२१ मा ७५ प्रतिशतले पश्चिम बंगालमा तृणमूल कंग्रेसलाई सघाएका थिए । २०२२ मा ७९ प्रतिशतले उत्तर प्रदेशमा समाजवादी पार्टीको समर्थन गरेका थिए ।

भाजपा प्रवक्ता इस्लाम भन्छन्, “कंग्रेस पार्टीमा अझै पनि मुस्लिमप्रति डर र चिन्ता छ । तर, मोदी सरकारले मुस्लिममाथि विभेद गरेको छैन । सार्वजनिक भलाइका कार्यक्रम सबैमा पुगेको छ । कतिपय यस्ता कार्यक्रमबाट सबैभन्दा बढी फाइदा पाउनेमा मुस्लिम छन् । बितेका १० वर्षमा कुनै ठूला दंगा भएका छैनन् ।”

यद्यपि, नागरिकतासम्बन्धी विवादका विषयमा भएको दंगाका क्रममा २०२० मा नयाँ दिल्लीमा ५० जनाको मृत्यु भएको थियो । तीमध्ये धेरैजसो मुस्लिम थिए ।

यस्तै, भारत स्वतन्त्र भएपछिकै सबैभन्दा खराब अवस्थामा मुस्लिम रहेका बताइँदै आएको छ । प्रवक्ता इस्लाम भने मुस्लिम समुदाय नै मूलधारमा नआएको आरोप लगाउँछन् । तर, पीडा व्यहोरेकाहरू सुधार होला भन्ने ठानिएकामा अवस्था झन् बिग्रिएको गुनासो गर्छन् ।
(बीबीसीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय