site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वासिङटन पोस्टको रिपोर्ट– रअको आदेशमा अमेरिकामा ‘हत्या प्रयास’ : भारतले गर्‍यो खण्डन
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकी अखबार वासिङटन पोस्टले आफ्नो ताजा रिपोर्टमा अमेरिकामा रहेका सिख पृथकतावादी नेता गुरुपतवन्त सिंह पन्नूको हत्याको असफल षड्यन्त्रमा भारतको गुप्तचर एजेन्सी ‘रअ’का अधिकारीको भूमिका रहेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले सो रिपोर्टका बारेमा मंगलबार प्रतिक्रिया दिएको छ । त्यसमा भनिएको छ, “रिपोर्ट एक गम्भीर मामिलामा अनुचित र निराधार आरोप हो । संगठित अपराधी तथा आतंकवादीको नेटवर्कमा अमेरिकी सरकारको साझा सुरक्षा चिन्तापछि भारत सरकारले उच्चस्तरीय समिति गठन गरेको छ, जसले यो मामिलाको जाँच गरिरहेको छ । यसका बारेमा अड्कल गर्नु र गैरजिम्मेवार बयान दिनु मद्दतगार साबित हुँदैन ।”

वासिङटन पोस्टको रिपोर्टमा के छ ?
वासिङटन पोस्टको रिपोर्टमा दाबी गरिएको छ कि गत वर्ष जुन २२ मा अमेरिकाको ह्वाइट हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गरिँदै थियो, त्यही बेला रअका एक अधिकारी अमेरिकामा भाडाको हत्यारालाई खालिस्तान समर्थक नेता पन्नूको हत्या गर्न निर्देशन दिइरहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अखबारका अनुसार, रअका अधिकारी विक्रम यादवले यो हत्याको ‘प्रायरिटी नाउ’ अर्थात् ‘सबैभन्दा प्रमुख प्राथमिकता’ बताएका थिए । केही अधिकारीको भनाइ अनुसार अखबारले लेखेको छ कि यादवले पन्नूको न्युयोर्कस्थित आवासबारेको जानकारी ‘सुपारी’ लिने व्यक्तिलाई दिइरहेका थिए । भनिएको थियो– जब पन्नू आफ्नो घरमा हुनेछन्, हाम्रो (रअ) तर्फबाट काम अघि बढाउन आदेश हुनेछ ।

रिपोर्टमा दाबी गरिएको छ कि यादवसँग जोडिएको पहिचान र यस मामिलामा उनको संलग्नताबारे यसअघि कुनै विषय सार्वजनिक भएको थिएन । उनको नाम सार्वजनिक हुनु अहिलेसम्मको सबैभन्दा स्पष्ट प्रमाण हो कि योजना – जसलाई अमेरिकी अधिकारीले फेल गरिदिए, त्यसका निम्ति रअले निर्देशन दिएको थियो ।

Global Ime bank

वर्तमान तथा पूर्वपश्चिमी सुरक्षा अधिकारीका अनुसार, सीआईए, एफबीआई र अरू एजेन्सीले गरेको जाँचमा केही उच्च तहका रअका अधिकारी पनि ‘घेरा’मा परेका थिए । अखबारले दाबी पनि गरेको छ— अमेरिकी खुफिया एजेन्सीले पनि यो आकलन गरेको छ कि पन्नूलाई निसाना बनाउनेवाला अपरेसनका लागि त्यस बेलाका रअका प्रमुख सामन्त गोयलबाट नै अनुमति मिलेको थियो ।

पूर्ववरिष्ठ भारतीय सुरक्षा अधिकारीले वासिङटन पोस्टसँगको कुराकानीमा उनलाई ‘अपरेसन’को जानकारी भएको र गोयलमाथि विदेशमा रहेका सिख चरमपन्थीलाई खतम गर्न दबाब परेको जनाएका छन् ।

अमेरिकाभन्दा पहिला जुन १८ मा क्यानडाको भ्यान्कुभरनजिकै गोली हानी हरदीप सिंह निज्जरको हत्या गरिएको थियो । सो अपरेसनमा भारतको भूमिका रहेको आरोप लगाइएको थियो । तर, भारतले आरोपको खण्डन गरेको थियो । सो अखबारका अनुसार, पाकिस्तानमा कम से कम ११ यस्ता सिख र कास्मिरी पृथकतावादी नेता मारिएका थिए, जसलाई मोदी सरकारले आतंकवादी घोषणा गरेको थियो ।

वासिङटन पोस्टले यो पनि दाबी गरेको छ कि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई सम्भवतः रअको यो योजनाका बारेमा जानकारी थियो । यद्यपि, यो दाबीको आधार प्रस्ट गरिएको छैन ।

अमेरिकाको आरोपमा निखिल गुप्ताको नाम
गएको वर्षको नोभेम्बरमा अमेरिकाले भारतीय नागरिक निखिल गुप्ताले न्युयोर्कमा पृथकतावादी नेताको हत्याका लागि एक व्यक्तिलाई भाडामा लिएको र त्यसको बदलामा करिब एक लाख डलर अर्थात् ८३ लाख भारु दिएको जनाएको थियो । गुप्तालाई भारत सरकारका एक कर्मचारीबाट निर्देशन प्राप्त भएको अमेरिकी अदालतमा पेस गरिएको दस्ताबेजमा उल्लेख छ ।

गुप्तालाई अमेरिकाको निर्देशनमा गएको सालको जुनमा चेक गणराज्यबाट पक्राउ गरिएको थियो । एक भारतीय सरकारी कर्मचारीको निर्देशनमा पन्नूको हत्याका निम्ति हत्याराको व्यवस्था गर्ने काम गरेको अमेरिकाले उनीमाथि आरोप लगाएको छ । अमेरिकाले यो विषयलाई शीर्षस्तरमा भारतसामु उठाएको थियो । भारतको विदेश मन्त्रालयका तत्कालीन प्रवक्ता अरिंदम बागचीले भनेका थिए, “भारत यो आरोपलाई गम्भीर रूपमा लिन्छ र यसको छानबिनका लागि उच्चस्तरीय कमिटी बनाएको छ, जसले यो मामिलाका सबै पक्षको जाँच गरिरहेको छ ।”

बागचीले भनेका थिए, “हामीले पहिला नै बताइसकेका छौँ कि अमेरिकाका साथ दुईपक्षीय सुरक्षा सहयोगबारे भएको वार्ताका क्रममा अमेरिकी पक्षले केही ‘इनपुट’ साझा गरेको थियो, जुन संगठित अपराध, आतंकवादी र हतियारका कारोबारीको ‘नेक्सस’का सम्बन्धमा थियो । भारतले यसको जाँचका निम्ति विशेष समिति गठन गरेको हो ।” बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय