site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तराखण्डमा पतन्जलीका १४ लाइसेन्स रद्द
Sarbottam CementSarbottam Cement

उत्तराखण्ड । भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५मा एक आदेश जारी गरेर पतन्जलीका १४ उत्पादनका लाइसेन्स रद्द गरेको सर्वोच्च अदालतलाई जानकारी दिएको छ । ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’को उल्लंघन गरेका कारण रामदेव, आचार्य बालकृष्ण र पतन्जलीविरुद्ध आपराधिक गतिविधिमा उजुरीसमेत दर्ता गरिएको जनाइएको छ । 

उत्पादन रद्ध गरिएका सामग्रीमा स्वासारी गोल्ड, स्वासारी वटी, ब्रोंकोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवांस, लिवोग्रिट, आइग्रिट गोल्ड र पतन्जली दृष्टि आइड्रप रहेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतको सर्वोच्च अदालतको जिज्ञासामा स्थानीय सरकारले सो जवाफ  दिएको हो । रामदेव र बालकृष्णमाथि सर्वोच्चको आदेशको अवहेलना गरेको बारेमा सुनुवाई भइरहेको बेलामा राज्य सरकारले पनि उत्पादन रद्ध गरेको हो  । 

केही अघि पतन्जलीका तर्फबाट अखबारमा बिना शर्त क्षमायाचना प्रकाशित भएको थियो । सर्वोच्च अदालत इन्डियन मेडिकल एशोसिएसनको २०२२ को एक याचिकामा सुनुवाई गरिरहेको जनाइएको छ । 

Global Ime bank

जसमा कोभिड टीकाकरण अभियान र चिकित्साको आधुनिक प्रणालीको बदनाम गरिएको आरोप लगाइएको छ । गएको हप्ता सुनुवाइका क्रममा न्यायाधीश हिमा कोहली र अहसानुद्धिन अमानुल्लाहको बेन्चले पतन्जलीसँग अदालतको आदेशको अवहेलनामा जवाफ मागेको थियो ।

सर्वोच्चले पतन्जलीसँग जोडिएको दिब्य फार्मेसीको बारेमा पनि सुनुवाइ गरिरहेको छ । जसले विज्ञापन निकालेर थाइराइड, कलेजो र छालाका बिरामीको समस्या पुरै ठीक हुने जनाएको थियो ।  त्यसमा आधुनिक चिकित्सा विज्ञानलाई पनि आलोचना गरिएको थियो । यसबारेमा रामदेव र आचार्य बालकृष्णले अदालत समक्ष बिना शर्त माफी मागिसकेका छन् । बीबीसीबाट
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय