अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म जीडीपीको २२.९६ प्रतिशत रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको तुलनमा यो वर्ष रेमिट्यान्स वृद्धि हुने देखिएको छ ।
गत वर्ष रेमिट्यान्स जीडीपीको २२.८२ प्रतिशत थियो । कार्यालयले नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब पुग्ने पनि अनुमान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ १७:१५
प्रतिक्रिया दिनुहोस्