site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा हाइप्रोफाइल यौनकाण्ड भिडियो प्रकरण : ड्राइभरबाट भएको थियो ‘लिक’
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको कर्णाटकको हासन सिटबाट सांसद र चुनावमा भाजपाको सहयोगी दल जेडीएसका उमेदवार प्रज्ज्वल रेवन्ना यौन काण्डको भिडियो सार्वजनिक भएपछि जर्मनीतिर भागेका छन् । 

उनीमाथि यौन उत्पीडन, सयौं यौन भिडियो रेकर्ड गर्ने, धम्क्याउने र षडयन्त्र गर्ने काम गरेको आरोप छ । कयौँ भिडियो सार्वजनिक भएपछि अहिले उनी जर्मनीतर्फ भागेका हुन् । उनी पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति हुन् । उनका पिता कर्णाटकमा विधायक छन् भने काका पूर्वमुख्यमन्त्री एचडी कुमारास्वामी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

द इण्डियन एक्सप्रेसले मंगलबार यौन काण्डसम्बन्धी भिडियो कसरी सार्वजनिक भयो भन्नेबारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । प्रज्ज्वल र उनका नजिकका व्यक्तिले सो भिडियो ‘एडिटेड र फेक’ भएको दाबी गर्दैै आएका छन् । सो अखबारका अनुसार भिडियोको बारेमा सार्वजनिक रूपमा सन् २०२३ जुनमा चर्चा भएको थियो । त्यतिबेला प्रज्ज्वल ८६ मिडिया संस्था र तीन व्यक्तिका विरुद्ध भिडियो प्रकाशन वा प्रसारण रोक लगाउन आग्रह गर्दै अदालत गएका थिए । उनले त्यतिबेला भिडियो फेक र एडिटेड भएको जनाएका थिए । 

सो  केसमा एकजना प्रज्ज्वलका ड्राइभरको पनि नाम थियो । जसले सात वर्षको नोकरीपछि सन् २०२३ मार्चमा काम छोडेका थिए  । ड्राइभर प्रज्ज्वलको परिवारको सदस्यसरह रहेका थिए । ड्राइभरसमक्ष प्रज्ज्वलको फोन र अन्य इलेक्ट्रोनिक उपकरणमा पनि पहुँच थियो । जब दुईबीच कुरा मिल्न छोड्यो, ड्राइभरले प्रज्ज्वललाई धम्क्याउन थालेका थिए । २०२३ डिसेम्बरमा ड्राइभरले आफ्नी पत्नीलाई प्रज्ज्वलले अपहरण गरेको उजुरी प्रहरीकोमा दर्ता गराएका थिए । आरोप यो पनि थियो कि प्रज्ज्वलको तर्फबाट १३ एकड जमिन पनि मागिएको थियो । यसपछि सो भिडियोको प्रसंग स्थानीय वकिल तथा स्थानीय भाजपा नेता जी देवराजे गौडाले उठाएका थिए । देवराज उनै व्यक्ति हुन्, जसको याचिकापछि कर्णाटक उच्च अदालतले प्रज्ज्वललाई सांसदमा अयोग्य ठहर गरेको थियो । 

Global Ime bank

तर, सर्वोच्च अदालतले सो मुद्दा उल्टाएको थियो । देवराज कर्णाटकको विधानसभा चुनावमा नरसीपुर सिटबाट उठेकोमा प्रज्ज्वलका पिता एचडी रेवन्नासँग पराजित भएका थिए । देवराजले प्रज्ज्वलको ड्राइभरको केस पनि लडिरहेका छन् । सोही क्रममा भिडियो उनको हातमा पुगेको इण्डियन एक्सप्रेससँगको कुराकानीमा उनले बताएका छन् । तर, ड्राइभरसँग त्यो भिडियो कसरी पुग्यो भन्ने बारेमा भने आफूलाई जानकारी नभएको उनले बताएका छन् ।

उनले राज्यका भाजपा प्रमुखलाई चिठी लेखेर गठबन्धनबाट प्रज्ज्वललाई टिकट नदिन समेत आग्रह गरेका थिए । उनले पेनड्राइभमार्फत त्यसको जानकारी कंग्रेस नेताहरुलाई पनि भएको जनाउँदा पनि प्रज्ज्वलले टिकट पाएका थिए ।

अप्रिल २६ मा सयौँ पेन ड्राइभमार्फत सो भिडियो बाँडिएको थियो । रिपोर्टका अनुसार सो पेन ड्राइभमा २९०० भन्दा बढी भिडियो रहेका छन् ।.यी सबै भिडियो प्रज्ज्वलले रेकर्ड गरेको जनाइएको छ । भिडियो सोसल मिडियामा पनि सेयर गरिएको थियो । त्यसपछि कर्णाटकको महिला आयोगकी प्रमुख नागलक्ष्मी चौधरीले मुख्यमन्त्री सिद्धारमैया र प्रहरी प्रमुखलाई पत्र लेखेकी थिइन् । अप्रिल २७ मा कर्णाटक सरकारले छानबिन समिति बनाएर जाँच गर्ने बताएको थियो । अप्रिल २६ मा निर्वाचन हुनासाथ प्रज्ज्वल जर्मनी तर्फ लागेका थिए ।

प्रज्ज्वलका पिताले भने छोरो भागेको नभई पूर्वनिर्धारित काममै गएको र उनले अनुसन्धानको सामना गर्ने जनाएका छन् । विपक्षी कंग्रेसले सोमबार उनलाई विदेश भाग्न दिएको भनेर प्रधानमन्त्री नरेन्द्र मोदीको पनि आलोचना गरेको थियो । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय