site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले बनाउने नीति तथा कार्यक्रममा ‘ग्रीन’ अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रीन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको हाइट्रोजन डाइलग कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । 

उनले नेपालमा ग्रीन अर्थतन्त्र र ग्रीन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रीन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताए । नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढंगले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे । 

Dabur Nepal
NIC Asia

उर्जामन्त्री बस्नेतले विश्व ग्रीन अर्थतन्त्रमा गइसकेको बताए । नेपालसँग भएका पेट्रोलियम पदार्थलगायत जलस्रोतको प्रयोग भन्दा पनि आयातमा रमाइरहेको बताए । आफूसँग भएका स्रोतको सही ढंगले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी समेत गरे ।

"पेट्रोलियम पदार्थको आयात गरिरहेका छौँ । नेपालसँग भएका स्रोतहरूको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढंगले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ । नेपाल जलस्रोतको धनी देश भनिरहेका छौँ । स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढंगले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रीन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ," उनले भने । 

मन्त्री बस्नेतले नेपाल ग्रीन अर्थतन्त्रमा जानको लागि नीतिगत रूपमा नै कार्यक्रमहरू बनाएर जान आवश्यक देखिएको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro