site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आँखा पोल्ने, चिलाउने भइरहेको छ ? वायु प्रदूषणको असर हुनसक्छ, कसरी जोगाउने ?
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित विभिन्न सहरमा यतिखेर वायु प्रदूषण उच्च बनेको छ । वायु प्रदूषणको असर शरीरका बाहिरीदेखि भित्रैसम्मका संवेदनशील अंगमा पर्दछ । अहिलेको प्रदूषणका कारण आँखामा ‘एलर्जीक कन्जन्टीभाइटीस्’ भएर अस्पताल पुग्ने बिरामीको संख्या पछिल्ला दिनहरूमा बढेको छ । आँखा रातो हुने, चिलाउने, सुन्निनेजस्ता समस्या युवादेखि वृद्ध वृद्धाहरूसम्ममा देखिएको छ ।

काठमाडौंको वायु प्रदूषणको अवस्थाका आधारमा आँखा सधैँ जोखिममा रहन्छ । आँखामा संक्रमण विशेषगरी हावापानी र हातको माध्यमबाट हुनेगर्छ । डढेलोबाट निस्किएको धुवाँले गराएको प्रदूषण होस् या सवारी साधनबाट निस्कने खराब धुवाँका कारण हुने प्रदूषण दुवै आँखाका निम्ति अति हानिकारक हुन्छन् ।

पीएम (पर्टीकुलेट म्याटर, जसको आधारमा हावाको गुणस्तर मापन गरिन्छ) १०, २.५ को मात्रा अधिक भएको प्रदूषणले आँखामा पनि एलर्जीक कन्जन्टीभाइटीस् निम्त्याउँछ ।

प्रदूषणले सुक्खा र सामान्य दुवै आँखालाई असर पु¥याउँछ । खराब हावामा रहेका तत्वहरूलामो समयसम्म आँखामा रहँदा आँखालाई सफा गर्ने रसायनहरू कम उत्पादन हुन्छन् र आँखामा विभिन्न समस्याहरू देखिन्छन् ।

प्रदूषणले आँसुउत्पादन हुन नदिँदा आँखा थप सुक्खा बन्दैजान्छ ।त्यतिमात्रै नभइ आँखा चिलाउने, पाक्ने, रातो हुनेजस्ता समस्याहरू देखिन्छन् । आँखाको नानीमात्रै नभइ ढकनी र बाहिरी छालामा समेत सुन्निने, चिलाउनेजस्ता समस्या वायु प्रदूषणबाट नै निम्तिन्छन् ।

कसरी जोखाउने आँखा, संक्रमण भइहाले के गर्ने ?
आँखा पोल्ने, पिरो हुने, चिलाउनेजस्ता संक्रमणका संक्रमणका सुरुआती लक्षणहरू हुन् । सामान्यतः बिरामी आँखा रातो भएपछि वा लक्षण देखिएपछि मात्रै चिकित्सकसम्म आइपुग्छन् । तर, आँखा रातो हुनु संक्रमण छिप्पिइसकेको अवस्था हो । त्यसैले आँखालाई संक्रमणबाट जोगाउनु अति आवश्यक हुनछ ।

वायु प्रदूषण उच्च भएको अहिलेजस्तो अवस्थामा सकेसम्म घरमै बसेर काम गर्नुपर्छ । बाहिर निस्कनैपरे ठूलो फ्रेम भएको चस्माको प्रयोग गर्नुपर्छ । दुईपांग्रे सवारी चलाउने व्यक्तिहरूलाई हावाको तीव्र वेगले झनै असर पुर्‍याउँछ ।

यसबाट जोगिन ठूलो फ्रेम भएको चस्मासहित चिउँडो छोप्नेगरी फुल हेल्मेट र भाइजर अनिवार्य लगाउनुपर्दछ । आँखामा समस्या देखिए पानी छ्याप्ने गर्नु हुँदैन, यसरी पानी छ्याप्दा एकछिन सञ्चो भएजस्तो भएपनि यसले आँखाको सुरक्षा गर्ने इन्जाइमहरूहटाउँछ । सामान्य धुलो परेको वा केही बिझेको भए हल्का ढंगले मुन्टो निहुराएर सफा पानीमा आँखा चोपल्न सकिन्छ तर,छ्याप्ने गल्ती गर्नु हुँदैन ।

आँखामा केही समस्या देखिए रसायन नभएका सामान्य साबुन, फेसवासले मुख धुनुपर्छ ताकी साबुनमा भएको रसायनले थप असर नपुर्‍याओस् । आँखामा कुनै समस्या देखिनेबित्तिकै आफ्नै हिसाबले फार्मेसीबाट औषधि किनेर लगाउने अत्यन्तै असुरक्षित बानी हो ।

चिकित्सकको सल्लाहबिना पनि प्रयोग गर्न मिल्ने औषधिहरूटियर सप्लिमेन्ट मात्रै हुन् । यीबाहेक आँखामा के कारणले कस्तोखाले संक्रमण भयो भन्ने थाहा नपाइ औषधि लगाउँदा त्यसले दीर्घकालीन असर पुर्‍याउन सक्छ । यस्तो अवस्थामा नजिकैको आँखा स्वास्थ्य केन्द्रमा पुगेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्नुपर्छ ।

(तिलगंगाआँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ तथा रिफ्राक्टिभ लेजर सर्जन डा. कौशल पोख्रेलसँगको कुराकानीमा अधारित)

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro