site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओडीआईमा खेल्न सकेको छैन, टी–ट्वान्टीबाट खुसी छु : दीपेन्द्रसिंह ऐरी

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले मलेसियाविरुद्ध आफूले गरेको प्रदर्शनबाट खुसी रहेको प्रतिक्रिया दिएका छन् । 

शुक्रबार ओमानमा मलेसियामाथि पाँच विकेटको जित निकालेपछि पोस्ट म्याच प्रेस कन्फ्रेन्समा उनले आफूले आज गरेको बलिङबाट खुसी रहेको बताए ।

"म आफ्नो बलिङदेखि खुसी छु । पावर प्लेमा जुन हिसाबले गरेँ मैले । मेरो रोल नै त्यही छ कि अब रन रोक्ने । ब्याटिङमा पनि सेम रोल छ कि टिमलाई जसरी पनि जिताउने । त्यही कन्डिसनमा पछाडितिर ब्याटिङ गर्छु म । त्यस्तो प्रेसर केही पनि छैन," उनले भने ।

तर, आफूले टी–ट्वान्टीमा राम्रो प्रदर्शन गरिरहे पनि ओडीमा राम्रो गर्न नसकिरहेको बताए ।

"ओडीआईमा चाहिँ त्यस्तो खेल्न सकेको छैन । तर, टी–ट्वान्टीमा चाहिँ पर्फमेन्स गरिरहेको छु । खुसी पनि छु आफ्नो पर्फमेन्सदेखि," उनले भने ।

उनी आजको खेलमा 'प्लेयर अफ द म्याच' चुनिएका थिए । मलेसियाविरुद्ध उनले चार ओभर बलिङ गरेर महत्त्वपूर्ण दुई विकेट लिएका थिए । जसमा उनले १४ रनमात्र दिए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro