site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानी आक्रमणको चिन्ता : अमेरिकी रक्षामन्त्री र इजरायली समकक्षीबीच वार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । इरानले इजरायलमा आक्रमण गर्न सक्ने चिन्तालाई लिएर अमेरिका र इजरायली अधिकारीहरू छलफलमा जुटेका छन् । पेन्टागनका अनुसार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार इजरायलका रक्षामन्त्री योभ ग्यालान्टसँग कुरा गरेका छन् ।

कुराकानीका क्रममा अमेरिकी रक्षामन्त्रीले इरानबाट हुने सम्भावित खतरामा इजरायलको रक्षा गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् । अप्रिल १ मा सिरियास्थित इरानी दूतावास परिसरमा इजरायलले घातक हमला गरेको थियो । उक्त हमलामा सात इरानी अधिकारीको ज्यान गएको थियो । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले उक्त घटनामा इजरायलसँग बदला लिनुपर्ने चेतावनी दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

इजरायलले गाजामा गरिरहेको आक्रमणका बेला मध्यपूर्वमा यो घटनापछि थप तनाव बढ्न सक्ने चिन्ता बढेको छ । इरानले आउँदा केही घण्टाभित्र आक्रमण गर्नसक्ने भन्ने रिपोर्ट समेत आएका छन् । यसबीच मध्य–पूर्वका लागि शीर्ष अमेरिकी जनरलले इजरायल पुगेका छन् ।

अमेरिकी केन्द्रीय कमान्ड जनरल एरिक कुरिल्लाले इजरायली सैन्य अधिकारीसँगको भेटलाई प्राथमिकतामा राखेका छन् । बेलायतका विदेशमन्त्रीले आफ्ना इरानी समकक्षीलाई तेहरानले मध्यपूर्वलाई थप द्वन्द्वमा धकेल्न नहुने भनेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा बाहेकका स्थानमा लड्ने गरी तयारी गरिरहेको चेतावनी दिएका छन् ।

Global Ime bank

इजरायलले राहत पठाउन दिने भनेअनुसार कार्यान्वयन नगर्दा गाजाका धेरै ठाउँमा पहिल्यैदेखि जारी भोकमरी चर्किदै गइरहेको छ । हमासले गाजामा रहेका बन्धकको तथ्यांक संकलन गर्न इजरायलसँग युद्धविराम आवश्यक रहेको भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement