site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनका राष्ट्रपति युरोप जाँदै
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ झन्डै पाँच वर्षपछि युरोप भ्रमणमा जाने भएका छन् । सी यही मे ५ तारेख (आउँदो आइतबार)बाट १० तारेखसम्म फ्रान्स, सर्विया र हंगेरीको निमन्त्रणामा त्यसतर्फ जान लागेको बताइएको छ । 

उनी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन, सर्वियाका राष्ट्रपति अलेक्याज्याण्डर भूसिक तथा हंगेरीका राष्ट्रपति तामस सुल्योक र प्रधानमन्त्री भिक्टोर ओर्बानको निम्तोमा त्यसतर्फ जान लागेको चिनियाँ विदेश प्रवक्ता हुवा चुनविङले बताएका छन् । चीन र युरोपबीच सम्बन्ध अघि बढाउन यो भ्रमणले आकार दिने विज्ञहरूले जनाएका छन् ।

चीन र फ्रान्सबीच यो वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नेछ । फ्रान्समा सी र म्याक्रोनबीच चीन—फ्रान्स र चीन—युरोपेली संघ सम्बन्ध तथा अन्तर्राष्ट्रिय अन्य विषयमा पनि कुराकानी हुने चीनको विदेश मन्त्रालयले जनाएको छ । ग्लोबल टाइम्स

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro