site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुस–युक्रेन युद्धले भागेकी ९८ वर्षीया वृद्धा भन्छिन्- रुसी आक्रमण दोस्रो विश्व युद्धभन्दा खराब

युक्रेन । युक्रेनकी ९८ वर्षीया वृद्धा लिडिया लोमिकोभ्स्का अहिलेको रुसी आक्रमण दोस्रो विश्वयुद्धभन्दा पनि खराब भएको बताउँछिन् । उनले त्यतिबेला दोस्रो विश्वयुद्धको अनुभव गरेकी थिइन् । र, अहिले पनि उनले रुसी आक्रमण बेहोर्नु परिरहेको छ ।

जब रुसी सेना पूर्वी युक्रेनमा रहेको ओचेरेटिनस्थित उनको घरमा छिर्‍यो, उनी र उनको परिवारले त्यहाँबाट हिँड्नु उपयुक्त ठान्यो । तर, भीषण गोलाबारीका कारण लिडिया उनको परिवारको सम्पर्कबाट बाहिर पुगिन् र चप्पल लगाएकै अवस्थामा उनी पश्चिमतिर हिँड्न् ।

Dabur Nepal
NIC Asia

उनले लौरो टेकेकी थिइन् र आडको लागि काठको एउटा फलेक पनि थियो । उनी बाटो लागिन् । बीबीसीसँगको कुराकानीमा उनले भनिन्, “मेरा खुट्टाले मलाई जसैगरी बोकिरहेका थिए, मैले खुट्टा बोकेकी थिइनँ ।”

उनी १० किलोमिटरसम्म हिँडिरहिन्, जबसम्म उनलाई युक्रेनको प्रहरीले उद्धार गरेन । “त्यहाँ केही रहेको थिएन । सबै तलमाथि थियो,” आफूलाई सवारीसाधन आवश्यक रहेको बताएको सार्वजनिक भिडियोमा उनले भनेकी छन् । उनले छोडेको गाउँ रुसी सेना भित्रिएपछि साह्रै नराम्रो स्थानमा परिणत भएको थियो । उनीहरू जति नजिक आउँथे, त्यति नै धेरै तोप प्रहार गरिरहेका थिए । सबै अपार्टमेन्ट र घरहरू धुलोमा परिणत भएका थिए ।

“जब मैले हिँड्न सुरू गरेँ, केही समय म भूइँमा पल्टेर बसेँ,” उनले भनिन्, “मैले एकपटक सन्तुलन गुमाएँ र घाँसमा लडेँ । एकपटक सुतेँ र यात्रा जारी राखेँ ।’

उनका अनुसार एकपटक एक अफिसरले उनलाई सोधे, “कति वर्षको हुनुभयो ? मैले जवाफ दिएँ– ४८ वा ४९ । “उनले मलाई विश्वास गरेनन्,” हाँस्दै उनले भनिन् । 

उनलाई नातिनी स्भितलानासँग पुनर्मिलन गराउनुअघि आरामको लागि केही समय सेल्टरमा लगियो । “त्यहाँ हजुरआमालाई देखेर म निकै खुसी भएँ,” स्भितलानाले भनिन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro