site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बुरुन्डीमा बाढीबाट २९ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

नैरोबी । गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु र लाखौँ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वी अफ्रिकामा हालका साताहरूमा मुसलधारे वर्षा भइरहेको छ । यसबाट यस क्षेत्रका केही भाग विशेषगरी केन्या र तान्जानियालाई ध्वस्त बनाएको छ र सयौँको ज्यान गएको छ । 

तांगानिका तालको उत्तरपूर्वी तटमा रहेको बुरुन्डीको प्रमुख सहर बुजुम्बुरामा धेरै क्षेत्रमा बाढी आएको छ र सडक तथा पुल क्षतिग्रस्त भएका छन् । संयुक्त राष्ट्रसंघीय मानवीय प्रतिक्रिया एजेन्सी ओसिएचएले बुधबार अपडेटमा भनेको छ, “अल निनो घटनाका कारण मुसलधारे वर्षा, बाढी र पहिरो निम्त्याएको छ ।”

Global Ime bank

अप्रिल २६ सम्म दुई लाख ३७ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । विस्थापित ४२ हजारमध्ये आधाभन्दा धेरै महिला रहेको अपडेटमा उल्लेख छ । यस अवधिमा २९ जनाको मृत्यु र १७५ जना घाइते भएका छन् । 

अफ्रिकाको सबैभन्दा दोस्रो ठूलो ताल तांगानिकाको स्तर लगातार बढिरहेको ओसिएचएले चेतावनी दिएको छ । बुरुन्डी सरकार र राष्ट्रसंघले गत महिना अविरल वर्षाको ‘विनाशकारी प्रभाव’ को सामना गर्न वित्तीय सहयोगका लागि अपिल सुरु गरेका थिए ।

यो अवस्थालाई लिएर राष्ट्रपति इभारिस्ट नदायिशिमियेको सरकारको विशेषगरी नागरिक समाज समूहरूबाट आलोचना भइरहेको छ । उनीहरूले अधिकारीहरूसँग आपत्कालीन अवस्था वा प्राकृतिक प्रकोपको अवस्था घोषणा गर्न आह्वान गरेका छन् । 

अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय