विदेश
गुआङझोउ । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको संख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीनजनाको अझै पहिचान हुनसकेको छैन ।
घाइतेहरुमध्ये सबै जना खतरामुक्त तथा सुरक्षित रहेको मेझोउ सहरका अधिकारीहरूले बताएका छन्। दुर्घटना मेझोउ–डाबु एक्सप्रेसवेमा मेझोउमा भएको थियो । अहिले पनि खोजी तथा उद्धारकार्य जारी छ । रासस\सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ १६:४४
प्रतिक्रिया दिनुहोस्