site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ग्रामीण विकास लघुवित्तका वरिष्ठ फिल्ड सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले १९ लाख दुई हजार २३७ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको दाबी गर्दै शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको मुद्दामा अधिकारीसँग १९ लाख दुई हजार २३७ रुपैयाँ बिगो दाबी गरिएको छ । चितवनको टाँडीस्थित ग्रामीण विकास बैंकका कर्मचारीले किर्ते सदस्य बनाई बिनाधितो कर्जा दिएको, ऋणीबाट असुली भएको साँवाब्याज रकम नदेखाई जग्गा खरिदमा प्रयोग गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि थालेको थियो ।

वरिष्ठ फिल्ड सहायक अधिकारीले १९ लाख दुई हजार २३७ रुपैयाँ हिनामिना गरेको अनुसन्धानका क्रममा पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro