site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बंगलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण
Sarbottam CementSarbottam Cement

ढाका । एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बंलादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) ६.१ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । 

मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडीओ) अपडेटमा व्यापक आर्थिक प्रतिकूलताहरू भए पनि बलियो निर्यात र संरचनात्मक सुधारप्रति सरकारको समर्पणका कारण चालु र आगामी वर्षहरूमा जीडीपीको विस्तारले क्रमशः गति लिने अपेक्षा गरिएको उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उन्नत अर्थतन्त्रमा मौद्रिक कडाइ, बाहिरी मागमा कमी र मुद्रास्फीतिमा उछालका कारण आर्थिक वर्ष २०२३ मा मुलुकको आर्थिक वृद्धि सुस्त भएर ५.८ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्षमा जीडीपी वृद्धि ६.६ प्रतिशतसम्म बढ्न सक्ने प्रतिवेदनमा बताइएको छ । 

यद्यपि प्रतिवेदनमा उच्च मुद्रास्फीति दरमा कमी आउने अनुमान गरिएको छ । मुद्रास्फीति आर्थिक वर्ष २०२४ मा औसत आठ दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०२५ मा सात प्रतिशत हुनेछ ।

Global Ime bank

गत वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले आर्थिक वर्ष २०२३–२४ का लागि बंगलादेशको अर्थतन्त्रको विकासको अनुमानलाई घटाएर ६ प्रतिशत गरेपछि एडीबीको अनुमान आएको हो । आईएमएफले यसअघि उक्त आर्थिक वर्षका लागि ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । 

विश्व बैंकले यसअघि निरन्तर उच्च मुद्रास्फीति र बाहिरी भुक्तानी चुनौतीका बीच आर्थिक वर्ष २०२३–२४ का लागि बंगलादेशको आर्थिक विकासको अनुमानलाई घटाएर पाँच दशमलव छ प्रतिशतमा झारेको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  २३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement