site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युवतीलाई अवैध धन्दाका लागि श्रीलंका पुर्‍याउने एजेन्ट गाउँपालिकाकै अध्यक्ष रहेको खुलेपछि...

काठमाडौं । भारतमा रोजगारीको अवसर देखाउँदै प्रलोभनमा पारेर नेपाली युवतीहरूलाई अवैध धन्दामा लाग्न बाध्य घटना सामान्य बन्दै गएका छन् । तर, पछिल्लो समय दलालहरूले भारत हुँदै तेस्रो मुलुकमासमेत नेपाली युवतीहरूलाई अवैध धन्दाकै लागि पठाउने गरेको खुलेको छ ।

कुवेतमा घरायसी कामका लागि रोजगारीको अवसर देखाउँदै श्रीलंका पुर्‍याएर यौन धन्दामा लगाउने गरेको तथ्य खुलेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पु¥याएर यौन धन्दामा लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुुवा नौकुण्ड गाउँपालिका–१ का नुर्वु घले भन्ने नुर्बु स्याङबो छन् । उनी नौकुण्ड गाउँपालिकाकै अध्यक्ष समेत हुन् । ब्यूरोको टोलीले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

पक्राउ परेका स्याङबोमाथि ब्यूरोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको छ ।

यसरी पुर्‍याएका थिए श्रीलंका

प्रहरीका अनुसार, नुवाकोटकी २२ वर्षीया योगिता तामाङ (नाम परिवर्तित) रोजगारीका लागि विदेश जाने सोचमा थिइन् । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै थियो ।

काठमाडौंमा रहँदा उनले आफ्नो दैनिकी चलाउन गाह्रो हुने देखिन् । २०७३ सालको साउनमा भने उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । योगिताको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे ।

योगितालाई ढुंगा खोज्दा देवता भेटेजस्तै भयो । उनले नुर्बुको प्रस्ताव सहजै स्वीकार गरिन् । कुवेत जान तयार भइन् । योगिताका लागि पासपोर्टसमेत नुर्बु आफैँले बनाई दिए ।

नेपालबाट कुवेत जान झन्झट हुने भन्दै नर्बुले योगितालाई भारतको दिल्ली हुँदै जानुपर्ने बताएका थिए । जसरी पनि नेपाल छाड्ने मनिस्थितिमा पुगेका योगिता त्यसका लागि पनि तयार भइन् । उनी साउनमै नुर्बुसँगै दिल्ली पुगिन् ।

दिल्लीबाट श्रीलंकाको ‘भिजिट भिसा’ लगाएका योगितालाई श्रीलंका हुँदै कुवेत पुग्ने बताइएको थियो । योगितालाई होला भन्ने लाग्यो । दिल्लीमा केही दिन बसेकी योगिता श्रीलंकाको कोलम्बोका लागि पर्यटकका रुपमा उडिन् ।

कुवेतमा रोजगारी गर्ने आशाले श्रीलंका पुगेका योगितालाई त्यहाँ पुगेपछि भने नर्क पुगेजस्तै लाग्यो । उनको पासपोर्ट खोसियो । उनीलाई कोठामा थुनी अवैध यौन धन्दाका लागि लगाउन खोजियो ।

उनी बाध्यतामा परिन् । प्रतिकार गर्ने अवस्थामा थिएन । पछि नेपाल प्रहरी र श्रीलंकास्थित अन्य संघ संस्थाको समन्वयमा उद्धार गरिएको थियो । योगिता नेपाल फर्किएलगत्तै नुर्बुकै नाममा प्रहरीमा जोहरी दिएकी थिइन् । तर, उनी लामो सयमसम्म पक्राउ पर्नबाट जोगिँदै आएका थिए ।

अनुसन्धान गर्दै जाँदा खुल्यो पालिका अध्यक्ष

पछिल्लो समय ब्यूरोको टोलीले विभिन्न पुराना उजुरी माथिको फाइल खोतल्न थालेको छ । त्यसैमध्येको एक थियो– योगिताको उजुरी पनि । योगिताको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा पीडित भनिएका नुर्बु नौकुण्ड गाउँपालिकाकै अध्यक्ष रहेको खुल्यो । पालिकाको अध्यक्षबारे ब्यूरोको टोलीले निगरानी गर्दै आएको थियो ।

बुधबार भने उनी ब्यूरोको कार्यालय नजिकै आइपुगेको अवस्थामा टोलीले पक्राउ गरेको हो । ब्यूरोको टोलीसँग सुरुमा उनले किन पक्राउ गर्न खोजेको भन्दै प्रतिकार गर्न खोजेका थिए ।

प्रहरीका अनुसार, केही दिनदेखि निगरानी बढाइएको थियो । उनलाई आफू पक्राउ पर्नेबारे कुनै सूचना समेत थिएन ।  उजुरी पुरानो भएका कारण पनि उनी ढुक्कजस्तै थिए । तर, हामीले तपाईं ब्यूरो हिँड्नू भन्दा सुरुमा अँटेर गरेका थिए । 

एक वर्षमै २९० महिलाको उद्धार

ब्यूरोको टोलीले चालु आर्थिक वर्षमा मात्रै विभिन्न मुलुकबाट दुई सय ९० महिलाको उद्धार गरेको छ । जसमध्ये सबैभन्दा बढी भारत र दोस्रोमा कुवेतबाट उद्धार भएका छन् । भारतबाट ३३ जना र कुवेतबाट ३१ जनाको उद्धार भएको तथ्यांक ब्यूरोसँग छ ।

त्यसबाहेक युद्धग्रस्त देश इराक र सिरियाबाट समेत उद्धार गरिएको छ । इराकबाट ८ जना र सिरियाबाट २ महिलाको उद्धार भएको छ । त्यस्तै ओमान, दुबई र चीनबाट समेत महिलाको उद्धार गरिएको छ । विभिन्न देशमा रोजगारीको प्रलोभन देखाएर एजेन्टहरूले अवैध कामका लागि भारत हुँदै तेस्रो मुलुक पुर्‍याउने गरेको ब्यूरोले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro