site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाराओलम्पिक प्रशिक्षणका लागि सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनपीसी नेपालले नेपाल तेक्वान्दो संघलाई पेरिस, २०२४ पाराओलम्पिक प्रशिक्षण तयारीको लागि दुई लाख १५ हजार रुपैयाँ प्रदान गरेको छ ।

नेस्नल पाराल्याम्पिक कमिटी नेपालका अध्यक्ष राधा घलेले नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दलाई रकमको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चीनको तायानमा चैत पहिलो साता भएको एसियाली ओलम्पिक तथा पाराओलम्पिक छनोट प्रतियोगिताबाट पारा तेक्वान्दो पलेशा गोर्वधनले स्वर्ण पदकसहित पेरिस, २०२४ पाराओलम्पिक गेम्समा छनोट भएकी थिइन् ।

गोर्वधनले जापानमा टोकियो–२०२० पाराओलम्पिक गेम्समा पलेशा गोर्वधनले दुई खेल अमेरिका र सर्वियाका खेलाडीहरूलाई हराएकी थिइन् । 

Global Ime bank

गोवर्धनले बहराइनको मनामामा भएको २०२२ एसियन युथ पारा गेम्समा नेपालको लागि एतिहासिक स्वर्ण पदकसहित नेपाली पारा खेलकुदको इतिहासमा युथ एसियन पारा गेम्समा पहिलो स्वर्ण पदक जितेकी थिइन् । साथै उनले चीनको हाङझाउमा भएको चौथो एसियन पारा गेम्समा एतिहासिक कास्य पदक हासिल गरेको । एसियन पारा गेम्समा नेपालले नेपाली पारा खेलकुदको इतिहासमा पहिलो पदक हो ।

पलेशा गोर्वधन पेरिस, २०२४ पाराओलम्पिक गेम्सको लागि प्रशिक्षण गर्नका लागि चीनको साङ्घाईबाट आगामी वैशाख २ गते नेपाल आउने कार्यक्रम रहेको टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement