site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव सापकोटाको प्रश्न : नियम उल्लंघन गरेका कति वटा कम्पनीलाई कारबाही भयो ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नियम उल्लंघन गरेका निर्माण कम्पनीहरूलाई कारबाही भए/नभएको बारे सरकारको जवाफ माग गरेका छन् । 

बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यो वर्ष काम नै नगरेका कम्पनीहरू कति छन् ? भन्दै प्रश्न गरे । सांसद सापकोटाले कति वटाका ठेक्का सम्झौता रद्द भए, कति वटा कारबाहीका प्रक्रियामा छन् भन्नेबारेमा सरकारले जवाफ दिनुपर्ने बताए । 

उनले सडकको अवस्थाका बारेमा सबै विज्ञ रहेको भन्दै निर्माण नगर्ने कम्पनीहरूलाई कारबाही गर्न आग्रह गरे । बजेट नभएका कारण काम नभएको भन्ने नभइ बजेट भएर काम नभएको पनि उत्तिकै जटिलता रहेको बताए ।

उनले भने "जताततै काम भएन, यो भएन, त्यो भएन भन्नेकुरा छ । यसका बारेमा सबै अनविज्ञ छौँ भन्ने पनि लाग्दैन । सबै विज्ञ नै छौँ । ती सडकहरूमा हामी हिँडेकै छौँ । प्रतिकात्मक हिसाबले मान्छेहरुले सामाजिक सञ्जाल सबैतिरबाट गालीहरू गरिरहेका छन् । यो वर्ष काम नै नगरेका नियम उल्लंघन गरेका निर्माण कम्पनीहरू कति वटालाई कारबाही भयो, कति वटाका ठेक्का सम्झौता रद्द भए, कति वटा कारबाहीका प्रक्रियामा छन् । बजेट मात्रै नभएका कारण काम नभएको होइन नि बजेट भएर काम नभएको पनि उत्तिकै जटिलता छ ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro