site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
माइकल चेकव पद्धतिमा नाट्य कार्यशाला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा माइकल चेकव पद्धतिमा कार्यशाला समापन भएको छ । रंगकर्मी र प्रशिक्षकहरूलाई लक्षित गर्दै गरिएको कार्याशालामा कौसी थिएटर, मन्डला थिएटर, पुरानो घर, आरोहण गुरुकुल, पोखरा थिएटरका रंगकर्मीहरू सहभागी थिए । 

चैत १७ देखि २६ गतेसम्म चलेको कार्यशालामा विभिन्न थिएटर र भारत, अमेरिकालगायतबाट २५ रंगकर्मीहरू सहभागी भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसपटक अनुभवी गुरु योर्ग आन्द्रेस आएका थिए । उनी माइकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन् । युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ । नेपालमा पछिल्लो समय केही फरक–फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ ।

यो पद्धतिलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागि परेको कुरा निर्देशक टंक चौलागाईंले बताए । गत वर्ष यही समयमा यो पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन्  । उनले दुई महिना लामो कार्यशाला चलाएकी थिइन्  ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय