site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पञ्जावविरुद्ध हैदराबादको रोमाञ्चक जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सविरुद्ध दुई रनको रोमाञ्चक जित निकालेको छ ।
 
मंगलबार मुल्लानपुरमा भएको खेलमा हैदराबादले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनमात्र बनाउन सक्यो । पञ्जावलाई जितका लागि अन्तिम ओभरमा २९ रन आवश्यक थियो । तर, क्रिजमा रहेका शशांक सिंह र आशुतोष शर्माले २६ रनमात्र बनाउँदा पञ्जाव दुई रनले पराजित भएको हो ।

पञ्जावका शशांक सिंहले २५ बलमा ६ चौका र एक छक्कासहित ४६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । आशुतोष शर्माले ३३, साम करनले २९, सिकन्दर राजाले २८, जितेश सिंहले १९ र कप्तान शिखर धवनले १४ रन थपे ।

Prabhu Bank
Agni Group
NIC Asia

हैदराबादका भुवनेश्वर कुमारले दुई विकेट लिए । यस्तै, प्याट कुमिन्स, टी नटराजन, नितिश कुमार रेड्डी र जयदेव उनादकटले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो ।

हैदराबादका नितिश कुमार रेड्डी ६४ रन बनाएका थिए । अब्दुल समादले २५, ट्राभिस हेडले २१, अभिषेक शर्माले १६  र सहबाज अहमेदले १४ रन जोडे ।

Global Ime bank

पञ्जावका अर्शदीप सिंहले चार विकेट लिएका थिए । चार ओभर बलिङ गरेका अर्शदीपले २९ रन खर्चिए । साम करन र हर्षल पटेलले समान दुई विकेट लिँदा कगिसो रबाडाले एक विकेट हात पारे ।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको हैदराबाद तालिकाको पाँचौ स्थानमा छ । प्रतियोगितामा हैदराबादको यो तेस्रो जित हो । समान खेलबाट चार अंक जोडेको पञ्जाव भने तालिकाको छैटौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement