site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राप्रपाको प्रदर्शन : १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, निषेधित क्षेत्र तोडे बल प्रयोग गरिने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गरेर प्रहरीले काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदर्शनका क्रममा घुसपैठ हुन सक्ने भन्दै उच्च सुरक्षा अपनाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए ।

प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त कमान्ड पोस्ट राखिएको छ । ‘हामीले शान्तिपूर्ण रूपमा हुने प्रदर्शनमा कुनै बल प्रयोग गर्दैनौँ । तर, प्रहरीमाथि नै आक्रमण हुने गतिविधि र सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने प्रयास भयो भने सिलसिलेबार बल प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ,” एआईजी थापाले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

सुरक्षाका निम्ति उपत्यका प्रहरी कार्यालय मातहतका सबै १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । प्रहरी प्रधान कार्यालयबाट समेत थप सहयोग मागिएको छ ।

सशस्त्र प्रहरी बललाई दोस्रो घेरामा राखिएको छ । एसपीको कमान्डमा करिब एक हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी बलका डीएसपी एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

राप्रपाले आज प्रदर्शनका क्रममा एक लाख मानिसलाई सडकमा उतार्ने जनाएको छ । सुरक्षाकर्मीको रिपोर्टले भने करिब १० हजार प्रदर्शनकारीको उपस्थिति हुने देखिएको छ ।

निषेधित क्षेत्र तोड्न सक्ने भन्दै प्रहरीले पानीको फोहरा, अश्रुग्यास, रबरका गोलीसहितको टोली परिचालन गरेको छ । प्रदर्शनकारी हिँड्ने रुटमा ड्रोन क्यामेरादेखि उच्च प्रविधिको सुरक्षा उपाय अपनाइने एआईजी थापाको भनाइ छ ।

काठमाडौंका विभिन्न क्षेत्रबाट राप्रपाको जुलुस सुरु भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro