देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताएका छन् ।
जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्नेमा उनको जोड छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना आवश्यक रहेको बताए ।
सोच, शैली, प्रथा एवं सामाजिक प्रचलन तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याई आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धिबाट सामाजिक व्यवहारमा रहेको जातीय भेदभाव तथा छुवाछूतजन्यलाई घटाउन सकिने उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ ०७:३५
प्रतिक्रिया दिनुहोस्