site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सुरक्षण मुद्रणसम्बन्धी विधेयक शिक्षा समितिबाट पारित
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई पारित गरेको छ । 

समितिको सोमबार बसेको बैठकले राष्ट्रियसभामा प्रस्तुत भई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त सभाबाट पारित भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई संशोधनसहित पारित गरेको हो । बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको थियो । 

Dabur Nepal
NIC Asia

छलफलपछि समितिले सर्वसम्मत् रूपमा विधेयकलाई पारित गरेको छ । समिति सभापति अम्मरबहादुर थापाले विधेयक मंगलबार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेगरी पारित गर्न समिति सदस्यहरूलाई आग्रह गरेका थिए । लगत्तै सबै सदस्यहरूले सहमति दिएसँगै विधेयक पारित भएको हो । 

पारित भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा सुरक्षण मुद्रण सामग्री भन्नाले प्रयोगका लागि तयार गरिएको नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्टिकर, हुलाक टिकट, अन्तशुल्क स्टिकर, सवारी चालक अनुमतिपत्र, जग्गाधनि दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा सम्झनुपर्दछ । सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सुरक्षण मुद्रण सामग्री भनि तोकिएका अन्य सामग्रीलाई समेत जनाउँछ भनेर परिभाषित गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro