राजनीति
काठमाडौं । सरकारले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दै छ । बाढीपहिरोले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनको क्षतिबारे छलफल गर्न बैठक बस्न लागिएको हो ।
बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने तय भएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको निजी सचिवालयले जनाएको छ ।
असोज १० गतेदेखिको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ ०५:२८
प्रतिक्रिया दिनुहोस्