राजनीति
काठमाडौं । सरकारले सर्वदलीय बैठक बोलाएको छ । बाढीपहिराेले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनकाे क्षतिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।
बैठक भाेलि (आइतबार) दिउँसाे १ बजे प्रधानमन्त्रीकाे कार्यालय सिंहदरबारमा बस्ने तय भएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको निजी सचिवालयले जनाएको छ ।
असोज १० गतेदेखिको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ २३:५७
प्रतिक्रिया दिनुहोस्