site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्थान शीर्ष स्थानमा

काठमाडौं । जस बट्लरको शतकप्रेरित राजस्थान रोयल्यसले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार चौथो जित निकाल्ने क्रममा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

शनिबार भारतको जयपुरस्थित सवाई मानसिंह रंगशालामा भएको खेलमा बेंगलुरुले प्रस्तुत गरेको १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा बट्लरले १०० रनको अविजित इनिङ खेले । उनले ५८ बलमा नौ चौका र चार छक्का प्रहार गरे । बट्लरले ०–१ को कठिन अवस्थाबाट कप्तान सन्जु सामसनसँग दोस्रो विकेटका निम्ति १४८ रनको साझेदारी गर्दै राजस्थानलाई जित नजिक पुर्‍याएका थिए ।

सामसनले ४२ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन बनाए । यस्तै, सिम्रोन हेटमायर ११ रनमा अविजित रहे । बेंगलुरुका रिस टोप्लेले दुई विकेट लिए । यस दयाल र मोहम्मद सिराजले समान एक विकेट लिए ।

त्यसअघि विराट कोहलीले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको थियो ।

बेंगलुरुका ओपनर कोहलीले ७२ बलमा अविजित १२ चौका र चार छक्कासहित ११३ रन बनाए । कप्तान फाफ डु प्लेसिसले ३३ बलमा दुई चौका र दुई छक्कासहित ४४ रन थपे । राजस्थानका युजवेन्द्र चहलले दुई र नान्द्रे बर्गरले एक विकेट लिए ।

प्रतियोगितामा चौथो जित निकालेको राजस्थान आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलबाट दुई अंक जोडेको बेंगलुरु तालिकाको आठौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro