site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल रोकियो, अफगानिस्तान पुग्यो विश्वकपमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको शनिबार (वैशाख ६)को खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालको यात्रा रोकिएको छ । अफगानिस्तानले यू–१९ विश्वपकपमा स्थान बनाएको छ ।

काठमाडौंको मूलपानीस्थित मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुने तय थियो । तर, वर्षाका कारण खेल सम्भव भएन । त्योसँगै अफगानिस्तानले आउँदो वर्ष जिम्बाब्वेमा हुने युवा विश्वकपमा स्थान बनाएको हो ।

यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने थियो । खेल नहुँदा दुवै टिमले एक/एक अंक प्राप्त गरे । त्यो नै अफगानिस्तानलाई काफी भयो । 

नेपालले गएको बुधबार तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । नेपालले त्यसअघि ओमानलाई आठ विकेटले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले विजयी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro