site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपालक्षित गगन थापाको टिप्पणी– शक्तिशालीको किर्ते किर्ते नै हुन्छ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लक्षित टिप्पणी गर्दै उनले कानुनको शासनभन्दा माथि कोही पनि नहुने उल्लेख गरे । उनले प्रश्नभन्दा माथि कोही नरहेको धारणा व्यक्त गरे ।

“कानुनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्नभन्दा माथि कोही छैन । प्रश्नभन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्नभन्दा माथि कुनै नेता छैन,” उनले भने, “प्रश्नभन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्नभन्दा माथि छैनन् । कोही पनि कानुनभन्दा माथि छैन ।”

सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै ‘शक्तिशाली’ले गरेको पनि ठगी नै हुने उनले बताए । शक्तिशालीलाई छुट दिन नहुनेमा उनको जोड छ । शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुने उने बताए ।

“यदि, एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो । यदि, सर्वसाधारणले गरेको कुनै काम किर्ते किर्ते हुन्छ भने शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुन्छ,” उनले भने ।

उनले थपे, “भ्रष्टाचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ । माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ । नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ ।”

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कांग्रेसले देशको उद्योगधन्दा बेचेर खाएको आरोप लगाइएको उल्लेख गरे । कम्युनिस्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन उनले चुनौती दिए ।

उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिस्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरे । सरकारले उद्योगधन्दा गर्ने नभई निजी क्षेत्रले गर्नेमा कम्युनिस्टहरू जानकार रहेकाले पनि खोल्न नसक्ने उनको भनाइ थियो ।

“...नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस् । जुत्ता, रक्सी, सिमेन्ट, कपडा खोल्नुस्, एउटा खोलेर देखाओस् ल,” उनले भने, “तपाईंहरूको हातमा डाडुपन्यु छ, खोल्नुस् । उहाँहरूले खोल्नु हुन्न । उहाँहरूलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ ।”

महामन्त्री थापाले ०८१ साललाई कांग्रेसको पुनर्जागरणको वर्ष बनाउनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro