site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
भारतमा दुर्घटनामा घाइते कोपिलाको उपचार खर्च जुटाउन रेखाले थालिन् पहल
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छन् । अमेरिकामा रहेकी रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी हुन् । 

“रेखाजीले कोपिलाजीको सहयोगका लागि व्यक्तिगत रूपमा आफूले पनि सहयोग गर्नुभएको छ,” चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बाह्रखरीसँग भने, “उहाँले थप उपचार खर्च जुटाउन पहल पनि सुरु गरेको बताउनु भएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

मोरङ सलकपुरकी कोपिला रेखा थापाकी ठूलो बुवाकी छोरी हुन् ।

संघका अध्यक्ष निरौलाले चलचित्र विकास बोर्ड मातहतको चलचित्र कल्याणकारी कोषमार्फत् कोपिलाको उपचारमा आर्थिक सहयोग गर्ने पहल भइरहेको बताए । “कोषमार्फत आर्थिक सहयोगका लागि पहल सुरु भएको छ । यसका लागि बोर्डको स्वीकृति चाहिन्छ,” उनले भने, “कोषबाट अधिकतम एक लाख रुपैयाँभन्दा धेरै सहयोग गर्न मिल्दैन ।” 

Global Ime bank

एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किनेक्रममा कोपिला चढेको कार ब्रेकफेल भएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन् । उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ । संघका अध्यक्ष निरौलाका अनुसार उनको कम्मरभन्दा मुनिको शरीर चल्दैन । 

“अहिले उहाँको अवस्था गम्भीर छ । कम्मरमुनीको भाग नचल्ने भएकाले चण्डीगढमा उपचार भइरहेको छ,” उनले भने, “तत्काल नेपाल ल्याउने कुरा छैन । चिकित्सकको सल्लाहमा उतै उपचार गर्ने वा नेपाल ल्याउने केही दिनमा थाहा हुनेछ ।” 

उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको थियो । अर्का एक नेपाली घाइते भएका छन् । 

कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement