खेल
काठमाडौं । आईटीएफ एसिया यू–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको फाइनल चरणमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।
अप्रिल ८ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा वृजेश अर्याल र असभसम्राट हाडाले प्रतिस्पर्धा गर्नेछन् । महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा सूर्यभुषण बज्राचार्य छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघका सदस्य अजय विष्ट र जयजीव हाडाले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे । शिभाली र स्वस्तिका भने मलेसियामै रहेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० २३:०५
प्रतिक्रिया दिनुहोस्