site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘बीबी माइनस’ रेटिङले लगानी सुरक्षित भएको छ : अर्थमन्त्री

काठमाडौं । सरकारले सार्वभौम क्रेडिट रेटिङमा नेपालले प्राप्त गरेको सफलताले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताको लागि उत्साह सिर्जना भएको जनाएको छ ।

नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’स्कोर प्राप्त गर्न सफल भएपछि शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताका लागि उत्साह सिर्जना भएको बताए । उनले नेपाल लगानीका लागि अनुकूल स्थान भएको सन्देश विश्वभरी नै गएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्यांकनको आधारको रूपमा लिने गरेको उनले बताए । यो सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समूदायसम्म प्रस्तुत गरेको र यसले सकारात्मक सन्देश दिएको मन्त्री पौडेलको भनाइ छ । 

मन्त्री पौडेलले आगामी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायत  क्षेत्रका ठूला आयोजनाहरू मा बढ्ने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय रेटिङ कम्पनी फिच रेटिङद्वारा नेपालले सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गर्ने ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले रेटिङ ‘डी’ देखि ‘एएए’ सम्म रेटिङ प्रदान गर्ने गरेको छ ।

‘एएए’ रेटिङले मुलुकको आर्थिक गतिविधि तथा लगानीको सम्भावना राम्रो छ भन्ने बुझाउँछ । ‘डी’ले ऋण तिर्नसक्ने अवस्था कमजोर तथा लगानी जोखिमको संकेत गर्छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्