site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सन्दीप लामिछानेको मुद्दामा वैशाख ३ गतेदेखि पूर्ण सुनुवाइ हुने
फाइल तस्बिर ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा वैशाख ३ गतेदेखि उच्च अदालत पाटनमा पूर्ण सुनुवाइ हुने भएको छ ।

सन्दीप काठमाडौं जिल्ला अदालतबाट गएको पुस २५ मा दोषी ठहर भएका थिए । तर, जिल्लाको फैसलाविरुद्ध उनी फागुन १० गते पुनरावेदनमा गएका थिए ।

अर्कोतर्फ गौशाला–२६ बालिग रहेको जिल्ला अदालतको ठहरविरुद्ध सरकारी वकिल पनि उच्च अदालत पुगेको थियो । सरकारी वकिलले गौशाखा–२६ नाबालिग नै रहेकाले सन्दीपलाई अधिकतम सजाय माग गरेको छ ।

दुवैको पुनरावेदनमा उच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । 

दुवै पक्षको पुनरावेदनमा एकैसाथ सुनवाइ गर्ने गरी उच्च अदालतले आगामी वैशाख ३ गतेको पेसी तोकेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार वैशाख ३ देखि पूर्ण सुनुवाइ हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro