कला
काठमाडौं । नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भएकी छन् । ऋचासँग कागजी सम्झौता भएको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।
विसं. २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन् । समीर एक्सन नायक बिराज भट्टका छोरा हुन् ।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर चलचित्र ‘बलिदान’ रहनेछ ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० २०:५४
प्रतिक्रिया दिनुहोस्