site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मालपोत र नापी कार्यालयलाई बिचौलियामुक्त बनाउन मन्त्रीको निर्देशन 
Global Ime bank

काठमाडौं । नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालयलाई बिचौलिया र घुसखोरमुक्त गर्न आफू कठोर रूपमा प्रस्तुत भएको बताएका छन् । उनले मन्त्रालय मातहतका विभागीय प्रमुख, महाशाखा प्रमुख र उपत्यका कार्यालय प्रमुखलाई राखेर मालपोत र नापी कार्यालयलाई बिचौलिया र घुसखोर मुक्त  बनाउन कडा निर्देशन दिएका हुन् ।

बुधबार मन्त्रालयमा कार्यलय प्रमुखसँग सुशासन प्रवर्द्धन र गुणस्तरीय सेवा प्रवाहका विषयमा आफू मन्त्री भएको करिब एक महिनामा भएका कामको रिपोर्टिङ लिएपछि यस्तो निर्देशन दिएका हुन् । 

विचौलिया प्रयोग गरी गलत काम गर्ने, अभिलेख बेपत्ता पार्ने, घुस खानमा चर्चामा आएका उपत्यकाका केही मालपोत र नापी कार्यालयहरूमा सरुवा हुन वा टिकी राख्न मन्त्री वा सचिव समेतलाई प्रभावमा पार्न  खोज्नेलाई पहिचान गर्दै आवश्यक कारबाही गर्न आफूले सूचना संकलन गरी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu